सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं । सुर्खेतमा बिहीबार बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा सुर्खेतको प्रदेश अस्पतालमा मृत्यु भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानांगला नजिकै बिहीबार बिहान २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
२ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले बताएको हो । जीप सडकदेखि करिब १ सय मिटर तल खसेको प्रहरीले बताएको छ । जीपमा ५ जना यात्रु सवार रहेको प्रहरीले बताएको हो ।