नेपालले आईसीसी टी-२०विश्वकप अघि अमेरिका र क्यानाडासँग अभ्यास खेल खेल्ने
काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल खेल्नु अघि अमेरिका र क्यानाडासँग नेपालले अभ्यास खेल (वामअर्प म्याच) खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानाडासँग अभ्यास खेल खेल्ने निश्चित भएको हो। आईसीसीले वामअर्प म्याचका लागि मे २७ देखि जुन १ तारिखसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपालले मे २७ तारिखमा क्यानाडासँग खेल्ने भएको हो । सोही खेल ग्राण्ड प्रेयरी क्रिकेट रंगशाला टेक्सासमा हुने भएको छ। २ दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने भएको हो ।