आईपिएलमा पञ्जाबको शानदार जित, आज राजस्थान र सनराइजर्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ ।
साविक विजेता चेन्नई माथि ७ विकेटको जित निकाल्दै पञ्जाब १० खेल खेलेर ८ अंकसहित सातौं स्थानमा उक्लिएको हो। समान खेलबाट अंक तालिकाको चौंथो स्थानमा रहेको चेन्नई सोही हारसँगै १० अंकमा सीमित भएको छ।
चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। आईपिएल अन्तर्गत बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ।
सोही खेल हैदरावादमा बिहीबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।