स्पेनिस ला लिगा फुटबलमा अलाभेस र गिरोना बराबरीमा
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेस र गिरोनाले बराबरी खेलेका छन् ।
शुक्रबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । अलाभेसका लागि जोन गुरिडीले २, गिरोनाका एरिक गार्सिया र यांगेल हेरेराले एक–एक गोल गरेका छन् । खेलको चौथो मिनेटमा गिरोनाका गार्सियाले टोलीलाई शुरुवाती अग्रता दिलाएका हुन् ।
तर अलाभेसका गुरिडीले १२औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका छन् । त्यसपछि ४४औं मिनेटमा गोल गर्दै हेरेराले गिरोनालाई २–१ गोलको अग्रता दिलाएका हुन् । तर दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा अलाभेसका गुरिडीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै २–२ गोलको बराबरी गरेका थिए ।
यो बराबरीसँगै गिरोना ३५ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा यथावत छ । अलाभेस ४२ अंकका साथ ११औं स्थानमा रहेको हो । पहिलो स्थानमा रहेको रियल मड्रिड ३४ खेलबाट ८७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।