टी-२० सिरिजको चौथो खेलमा आज नेपालले वेस्ट इन्डिज 'ए' सँग सामना गर्दै
काठमाडौं । टी-२० सिरिजको चौथो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिज‘ए’सँग सामना गर्ने भएको छ ।
५ खेलको सिरिजका ३ वटा खेल सम्पन्न हुँदा २-१ ले पछाडि परेको नेपालमाथि बिहीबारको खेल जित्नै पर्ने दवाव रहेको हो । सोही खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो १ बजेदेखि शुरु हुने भएको छ ।
गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो। बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको नेपाल टी-२० सिरिजमा २-१ ले पछाडि परेको हो ।
सोही सिरिजको अन्तिम खेल शनिबार हुने भएको छ । यस सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको हो।