आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिने
काठमाडौं । मन्दिर पशुपतिनाथ मन्दिरका ४ वटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएको छ ।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा मन्दिरका ४ वटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बुधबार पशुपति क्षेत्र विकास कोषले जनाएको हो । असार १ गतेदेखि पशुपतिनाथको ४ वटै ढोका खोलिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,- ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान साढे ८ बजेपछि मात्रै बाँकी ३ वटा ढोका खोलिंदै गरिएकोमा भक्तजनले ४ वटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले असार १ गतेदेखि पशुपतिनाथको ४ वटै ढोका बिहान ४ बजे खोलिने छ ।’
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको ४ वटै ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।