कांग्रेसका सभापति देउवाले उपेन्द्र र महन्थलाई बुढानीलकण्ठमा बोलाए
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार प्रतिपक्षी दलका केही नेताहरुलाई बूढानीलकण्ठमा बोलाउनुभएको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भइसकेको अवस्थामा उहाँले प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई बुढानीलकण्ठ बोलाउनुभएको हो ।
सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई समेत बूढानीलकण्ठमा बोलाएको बताइए पनि दुवैतर्फका सचिवालयले यसको बारेमा पुष्टि गरेको छैन ।