क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएका सबै खाले प्रतिबन्ध फुकुवा
काठमाडौं । उच्च अदालत पाटनले सफाई दिए लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएका सबै खाले प्रतिबन्ध फुकुवा गरेको छ ।
क्यान पदाधिकारीको बुधबार साँझ बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रि खेलमा लगाइको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्रतिबन्ध फुकुवा गरेसँगै सन्दीपलाई टी-२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ ।
प्रतिबन्ध फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको क्यानले प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाइने जनाएको हो।आगामी जुन १ तारिखदेखि आइसीसी टी–२० विश्व कप क्रिकेट अमेरिकामा शुरु हुँदैछ । आईसीसीले मे २४ तारिखसम्म खेलाडी परिवर्तनको समय दिएको हो ।
क्यानले यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।