स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ३ र फेर्मिन लोपेजले एक गोल गरेका छन्। त्यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले १–१ गोल फर्काएका थिए ।
बार्सिलोनाका लोपेजले खेलको २२ औं मिनेटमा सुरुवाती गोल गरेका हुन् । तर भ्यालेन्सियाका डुरोले २७औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ३८औं मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियालाई २–१ गोलले अगाडि बढाएका छन् ।
त्यसपछि खेलको ४९औं, ८२औं र इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई ४–२ गोलको जित दिलाएका थिए । सोही जितसँगै बार्सिलोना ३३ खेलबाट ७३ अंकका साथ तालिकाको दोस्रा स्थानमा उक्लिएको छ ।
पराजित भएको भ्यालेन्सिया ४७ अंकसहित आठौं स्थानमा रहेको हो ।