इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार एक खेल हुने भएको छ ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार एक खेल हुने भएको छ ।
शुक्रबार कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुने भएको हो । कोलकोताको इडेन गार्डेनमा हुने सोही खेल शुक्रबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ । जारी आईपिएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको हो । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हाशिल गरेको हो । कोलकोता श्रेयस अय्यरको कप्तानीमा आईपिएल खेल्दैछ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आईपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने भएको हो । त्यस्तै, श्रेयसले बाहेक गत आईपिएलबाट उदाएका रिंकु सिंह र नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुन सक्छन् ।
त्यस्त, सुनिल नारान, आन्द्रे रसेल र रहमतुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको हो । गत सिजनमा कोलकोता ७ औं स्थानमा आएको थियो ।
पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जाबको कप्तानी गरिरहेका छन् । त्यस्तै, पञ्जाबका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह र आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको हो ।
जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन र साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । आईपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाब ८ औं भएको थियो ।