आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल
दृष्टि सञ्चार संवाददाता । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदैछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ ।
टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।