नेपालले नामिबियाको लियो चौथो विकेट
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए। उनले जान फ्राइलिंकलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला नामिबियाले १७.३ ओभरमा ३ विकेट गुमाउँदा ८६ रन जोडेको थियो।
कुशल मल्लले तेस्रो विकेट लिए। उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिने क्रममामिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए।
त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमायो। निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए। यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे।