स्रोत नखुलेको भारु ४ लाख ५० हजारसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको भारतीय मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमार भारु ४ लाख ५० हजारसहित पक्राउ परेका हुन्।
नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलको डिक्की जाँच गर्ने क्रममा लुकाएर राखिएको भारतीय मुद्रा बरामद गरेको हो। प्रहरीले भारु ५०० दरका ८९१ थान, २०० दरका नोट तथा १०० दरका ४३ थान नोट बरामद गरेको जनाएको छ।
पक्राउ परेका कुमारलाई हिरासतमा राखेर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।