हेमन्त धामीले लिए पहिलो विकेट
तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट लिएको छ। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका छन्।
खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले २.१ ओभरमा पहिलो विकेट गुमाउँदा ७ रन जोडेको थियो।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।