भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु
भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। मृतकको पहिचान तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।