फुलह्यामविरूद्ध लिभरपुलको जित
कारबाओ कपको सेमिफाइनल खेलमा लिभरपुलले विजयी सुरूवात गर्दा चेल्सी स्तब्ध बनेको छ। गएराति भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले फुलह्यामलाई २-१ गोलले पराजित गर्दा चेल्सी मिडल्सब्रोसँग १-० गोलले स्तब्ध भएको हो।
विलियनले १९ औं मिनेटमा गोल गरेपनि दोस्रो हाफमा लिभरपुललाई रोक्न नसक्दा फुल ह्याम पराजित भएको हो। एन्फिल्डमा लिभरपुलका कुर्तिस जोनेसले ६८ औं मिनेटमा र कोडी गाक्पोले ७१ औं मिनेटमा गोल गरे।
गएराति नै रिभरसाइड स्टेडियममा चेल्सीले सेमिफाइनलको पहिलो लेग गुमाएको छ।३७ औं मिनेटमा मिडल्सब्रोका हेडेन हाक्नेले गरेको गोल निर्णायक बन्दा चेल्सी पहिलो लेगमा १-० गोलले पछि परेको हो। लिभरपुल र फुलह्यामबीचको दोस्रो लेग जनवरी २५ तथा चेल्सी र मिडल्सब्रोबीचको दोस्रो लेग २४ जनवरीमा हुनेछ।