यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै
युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।
नेपालले यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।