सिटीलाई हराउँदै एस्टन भिल्ला उक्लियो तेस्रो स्थानमा
इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। गएराति एस्टन भिल्लाले घरेलु मैदानमा १-० ले हराउँदै अंक तालिकामा सिटीलाई पछि पारेको हो।
उसले १५ खेलबाट ३२ अंक जोडेको छ। पराजित भएको सिटी ३० अंकसहित चौथो स्थानमा छ। खेलमा एस्टन भिल्लाका लियोन बेलीले ७४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
टियलीमेन्सको पासमा बेलीको प्रहार सिटीका एडरसनलाई लागेर गोल हुन पुगेको थियो। जारि लिगमा आर्सनलले शीर्षस्थान कायम गरेको छ भने लिभरपुल दोस्रो स्थानमा छ।