हेमन्तले नै लिए अफगानिस्तानको तेस्रो विकेट
एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ ।
अफगानिस्तानको तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका हुन् । उनले अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काए । हेमन्तले उनलाई बोल्ड गरेका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएको छ ।