आज तीन प्रदेशमा वर्षा हुने
काठमाडौं । स्थानीय र पश्चिमीवायुको सामान्यप्रभावकायम रहेकाले अज कोशी,गण्डकी र बागमतीप्रदेशका केही स्थानहरुमामेघगर्जन सहित वर्षा हुने जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
सोमबार दिउँसो कोशीप्रदेश, बागमतीप्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमाआंशिक देखि सामान्यबदली रही पहाडी भू–भागकाथोरै स्थानहरुमावर्षा हुने छ । त्यस्तै,बाँकीप्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहितहल्का वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।
बाँकी भू–भागमामौसम सामान्यतया सफा रहनेछ।
सोमबार राती कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमामौसम आंशिक देखि सामान्यबदली रहनाले पहाडी भू–भागकाथोरै स्थानमा मेघगर्जनसहित क्षणिक वाहल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आजकोशीप्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमाहावा–हुरीको समेत सम्भावना रहेकोले सर्तकताअपनाउनमहाशाखाले सचेत गराएको छ ।