प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज(बुधवार) दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यसको साथै सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
सभामुखले ‘२०१५ सालको आमनिर्वाचनमा धनकुटास्थित साविक क्षेत्र नं. २६ बाट निर्वाचित सदस्य तथा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत २४ चैतमा भएको निधनप्रति शोक प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज९बुधवार० दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यसको साथै सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
सभामुखले ‘२०१५ सालको आमनिर्वाचनमा धनकुटास्थित साविक क्षेत्र नं। २६ बाट निर्वाचित सदस्य तथा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत २४ चैतमा भएको निधनप्रति शोक प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।