ट्रमा सेन्टरबाट उपराष्ट्रपतिलाई भोट हाल्न एम्बुलेन्समा संसद भवन पुगे आजाद
उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।
मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।
त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।
उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।