प्रधानमन्त्री कप फुटबलको फाइनल खेलमा नेपाल र लाओस १-१ गोलको बराबरी
प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनलमा दुवै टिमबाट १-१ गोल भएको छ ।
१७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।
बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।
तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएकाे पासमा बक्स भित्रबाट आयुश घलानको गाेल गरेका हुन् ।