एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ
एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न प्यालेस्टाइन जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार बिदाइ गरिएको छ ।
नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् ।
नेपाली टोलीः
गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन