एमालेले उपनिर्वाचनमा गठबन्धन नगर्ने
नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो ।
उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘हामी उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेकै उम्मेदवार उठाउँछौ, गठबन्धन गर्दैनौ’, गुरुङले भने, ‘हामीले कसैसँग गठबन्धन गर्नुपर्ने देखेका छैनौँ ।’