तराईबाट हिँडेर काठमाडौँ आउँदै मिटर ब्याजविरुद्ध आन्दोलन गर्न
मिटर ब्याजका पीडितहरू आन्दोलन गर्नका लागि हिँडेर काठमाडौँ आउँदै छन् । ‘तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौँसम्म मिटर ब्याजविरुद्ध पीडितहरू हिँडेर काठमाडौँ आइरहेका छन् ।
चैत २ गते बर्दिबासबाट सुरु भएको सो यात्रा चैत १६–१७ गतेसम्म काठमाडौँ आइपुग्ने मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका मनोजकुमार पासवानले बताए ।
७० जनाबाट सुरु भएको यो यात्रामा पीडितहरू तपिँदै गइरहेका छन् । बाटोमा पनि पीडितहरू तपिँदै गइरहेका छन् । काठमाडौँसम्म पुग्दा दुई तीन सय पुग्ने अनुमान आफूले गरेको उनले बताए ।