बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने
आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने भएका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौँ नजिक आइपुगेका छन् । साँझसम्म काठमाडौँ आइपुगिने आन्दोलनमा सहभागी मनोज पासवानले बताए ।
तराईबाट ७१ जना पीडितहरू आन्दोलन गर्न काठमाडौँ आइरहेका छन् । उनीहरूमध्ये अधिकांश महिला छन् । एकजना पीडित महिला आफ्नो चार महिनाको शिशुलाई बोकेर १० दिनको यात्रामा सहभागी छन् ।