राजिनामाको कारण काठमाडौंको लज्जास्पद हार रवीन्द्र मिश्रको
स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुले निराशाजनक मत पाएसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजिनामा दिएका छन् ।
चुनावी हारको जिम्मेवारी लिँदै राजिनामा दिएका मिश्रले ‘विचारभन्दा माथि देश’को विरोध गर्दै समानान्तर गतिविधि गर्नेहरुमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गरेका छन् । साथै दस्तावेजप्रति असहमति राखेर राजिनामा दिएकाहरुलाई पनि पुनः पार्टीमा फर्किन अपिल गरेका छन् ।