जर्मनीमा विमान दुर्घटना, तीन डच नागरिकको मृत्यु
पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको छ।
डच विदेश मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५७ र ५८ वर्षका दुई पुरुष तथा २३ वर्षीया एक महिला छन्।
विमान नेदरल्यान्ड्सको हिलभर्समस्थित सानो एयरफिल्डबाट स्थानीय समयअनुसार बिहान १०ः२५ बजे उडेको थियो। जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लास्थित गर्डेरथ नजिकै रडार सम्पर्कविहीन भएको केही समयपछि ११ः१८ बजे दुर्घटनाग्रस्त भएको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले सम्बन्धित निकायले सबै उडान तत्कालका लागि स्थगित गरेका छन्। डच सुरक्षा बोर्डका दुई उड्डयन अनुसन्धानकर्ता प्रारम्भिक अनुसन्धानमा संलग्न रहेको जनाइएको छ।