मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
त्रिकोणात्मक टी– २० श्रृंखला अन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाउन सफल भएको हो ।
मलेसियाका लागि जुबाईदी जुल्किफलले सर्वाधिक रन बनाए । जुबाईदीले ३२ रन बनाए भने कप्तान अहमद फैजले २४ रन मात्र बनाए ।
मलेसियाका सयद अजिज १४ रन बनाए । सर्भिएन मुनिएन्डीले ९, मुहम्मद अमिरले १६ र विजय उन्नी ३ ले रनमात्रै बनाएर आउट भए ।
नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले २÷२ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने अविनाश बोहरा र कुशल मल्लले पनि १÷१ विकेट लिए ।