राष्ट्रिय टिममा युवा ब्याट्सम्यान देव खनालको डेब्यू
युवा ब्याट्सम्यान देव खनालले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका छन्। शुक्रबार पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा प्लेइङ-११ मा स्थान बनाएसँगै देवले राष्ट्रिय टिममा डेब्यू गरेका हुन्।
त्रिवि मैदान कीर्तिपुरमा सुरू खेलमा नेपालले पहिले बलिङ गर्दैछ।

त्यसअघि उनले यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल देखाए। बुटवलका खनालले आफ्नो कप्तानीमा लुम्बिनीलाई यू-१९ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनाए। प्रतियोगितामा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बन्ने क्रममा उनले कूल ३३४ रन बनाए।
नेपाली क्रिकेटको आशा गरिएका ब्याट्सम्यानको रूपमा हेरिएका देव नेपाल आएको भने चार वर्ष मात्र भयो। त्यसअघि उनी परिवारसँगै भारतको नयाँ दिल्लीमा बस्थे। दिल्लीको क्रिकेट वातावरणमा हुर्किएका उनले १३ वर्षको उमेरदेखि एकेडेमीमा गएर क्रिकेट सिक्न थालेका थिए।
नयाँ दिल्लीको आरपी क्रिकेट एकेडेमीमा देव उत्कृष्ट खेलाडी खेलाडीको रूपमा रहँदै एकेडेमीको टिममा समेत परेका थिए। जसका कारण उनले एकेडेमीको टिमबाट उमेर समूहका प्रतियोगितामा खेल्न सफल भए।