भारतले पाँचौ पटक जित्यो यु १९ विश्वकप क्रिकेटको उपाधि
इङ्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो।
भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेले।
भारतका लागि राशिदले ८४ बलमा ६ चौकासहित ५० रन जोड्दा ५४ बल खेलेका सिन्धु ५ चौका र १ छक्कासहित ५० रनमा नटआउट रहे। राज बावाले ३५ रन जोड्दा हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडे।
इङ्ल्याण्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २-२ विकेट लिए।
यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो।
उसका लागि जामेश रेउ ले सर्वाधिक ९५ रनको पारि खेले। ११६ बल खेलेका उनले १२ चौका प्रहार गरे पनि ५ रनले सतक बनाउन चुकेका थिए।