सचिन तेन्दुलकर अस्पताल भर्ना
कोरोना संक्रमणपछि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले ट्वीट गर्दै चिकित्सकको सल्लाहअनुसार पूर्वसावधानी अपनाउन आफू अस्पताल भर्ना भएको बताएका छन् ।
सचिनले लेखेका छन्, ‘चिकित्सकीय सल्लाहबमोजिक अस्पताल भर्ना भएको छु । मलाई आशा छ केही दिनमै घर फर्कनेछु । सबै जनाले आफ्नो ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला ।’
सचिनले भारतीय क्रिकेट टिमले सन् २०११ मा विश्वकप जितेको १० वर्ष पूरा भएकोमा पनि बधाई दिएका छन् । सन २०११ मा आजकै दिन भारतीय क्रिकेट टिमले विश्वकप फाइनलमा श्रीलंकालाई हराएर उपाधि चुमेको थियो ।