आइपिएलका सबैभन्दा महँगा 'अनक्याप्ड' खेलाडी
कृष्णप्पा गौतम आइपिएल इतिहासकै सबैभन्दा महँगा 'अनक्याप्ड' (राष्ट्रिय टिमबाट नखेलेको) खेलाडी बने।
बिहीबार भएको अक्सनमा अलराउन्डर गौतमलाई चेन्नई सुपरकिंग्सले भित्र्याएको हो। न्यूनतम मूल्य २० लाख भारु रहेका उनलाई चेन्नईले ९ करोड २५ लाख भारुमा टिममा भित्र्याएको हो।
उनलाई भित्र्याउन कोलकता नाइटराइडर्स र सनराइजर्स हैदरावादले पनि बोली लगाएका थिए। तर अन्तिममा चेन्नईले टिममा आबद्ध गर्न सफल भयो। यसअघि अनक्याप्ड खेलाडी मध्ये क्रुनाल पाण्डे महँगा खेलाडी बनेका थिए। उनी सन् २०१८ मा ८ करोड ८० लाखमा बिकेका थिए।
भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिजका दौरान गौतम नेट बलरमा समावेश भएका थिए। केही अघि भारतमा भएको मुश्ताक अली टी-२० ट्रफीमा उनले उत्कृष्ट बलिङ गरेका थिए।
स्पिनर गौतमले ६२ टी२० खेलमा ४१ विकेट लिएका छन्। उनले २ अर्धशतक पनि बनाएका छन्। कर्नाटकाका गौतमको स्ट्राइक रेट १५९.२४ छ।
उनको बलिङमा उत्कृष्ट प्रदर्शन १९ रन दिएर ४ विकेट लिनु हो।