लिभरपुल एभर्टनसँग पराजित
साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले हारेको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एकरएक गोल गरे । खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौं स्थानमा छ । एक खेल कम खेलेको एभर्टन ४० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।