भालाडोलिडमाथि रियल म्याड्रिडकाे संर्घषपूर्ण जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडमाथि संर्घषपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियल म्यड्रिडले भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्यड्रिडलाई संर्घषपूर्ण जित दिलाउनको लागि ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरे । उनले खेलको दोस्रो हाफमा गोल गर्दै रियल म्याड्रिडलाई स्पष्ट तीन अंक दिलाए । क्यासमिरोले ६५औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । यो जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको ड्रिडसँगको अंक दुरी ३ मा झारेको छ ।
दोस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ५२ अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५५ अंक छ । पराजित भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।