पीएसजीको सानदार जित
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि सानदार जिति निकालेकाे छ । गएराति भएकाे खेलमा पीएसजीले ब्रेस्टमाथि ३-० को सहज जित निकालेको हाे ।
माउरिसिओ पोकेतिनोको प्रशिक्षणमा पिएसजीले पहिलो जित दर्ता गरेको हाे । पिएसजीको प्रशिक्षका रुपमा पहिलो खेलमा पोकेतिनोले जित नभई बराबरी गर्न सकेका थिए ।
घरेलु मैदानमा पीएसजीलाई सहज जित दिलाउकाे लागि मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले समान एक/एक गोल गरे । पीएसजीले पहिलो हाफमा एक गाेल गरेकाे थियाे भने दोस्रो हाफमा दुई गोल थप्याे । खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
त्यसको दुई मिनेटपछि अर्थात ८२औं मिनेटमा पाब्लो सारावियाले मोउरो इकार्डीको पासमा गोल गर्दै पीएसजीको जित पक्का गरे ।
यो जितसँगै पीएसजी १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३९ अंक भएपनि लिल तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको लियोनको ४० अंक छ । पराजित ब्रेस्ट २६ अंकसहित ११औं स्थानमा छ ।