एसी मिलानमाथि युभेन्टसकाे सहज जित
इटालियन ‘सिरी ए’मा विजेता युभेन्टसले शीर्षस्थानमा रहेको एसी मिलानमाथि सहज जित निकालेकाे छ ।
गएराति भएकाे खेलमाे युभेन्टसले मिलानलाई ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे । याे हारसँगै मिलानकाे अपराजित यात्रा पनि सकिएकाे छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो ।
युभेन्टसलाई जित दिलाउनकाे लागि फेडेरिको किएजाले दुई गोल गरे भने वेस्टन मकेनीले एक गाेल गरे । मिलानका डेविड कालाब्रिया गरेकाे गाेल सान्त्वना बन्यो ।
खेलको १८ औं मिनेटमा किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले पाउलो डिबालाकाे पासमा गाेल गरेका थिए । खेलकाे ४१ औं मिटेनमा कालाब्रियाकाे गाेलबाट मिलान खेलमा फर्कियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा किएजाले नै युभेन्टसलाई पुन: अग्रता दिलाए । त्यसको १५ मिनेटपछि वेस्टनले गाेल गर्दै युभेन्टसलाई ३-१ काे अग्रता दिलाए । त्यसपछि बाकीँ समयमा दुवै टाेलीले गाेल गर्न नसक्दा खेल युभेन्टसले जित्याे ।
यस नतिजासँगै एसी मिलानले लिगमा पहिलो हार तथा समग्र सिजनमा दोस्रो हार बेहोरेको छ । हारका बाबजुद टोली लगको शीर्षस्थानमा कायम नै छ । मिलानको १६ खेलमा ३७ अंक तथा सहरी प्रतिद्वन्द्वी इन्टरको १६ खेलमा ३६ अंक छ । रोमा १६ खेलमा ३३ अंकसहित तेस्रो तथा युभेन्टस १५ खेलमा ३० अंकसहित चौथो स्थानमा छ ।