आर्सनलको शानदार जित
आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । गएराति भएकाे समूह चरणको खेलमा आर्सनलले र्यापिड भिएनालाई ४-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई सानदार जित दिलाउनकाे लागि एलेक्सान्डर लाकाजेटी, पाब्लो मारी एड्डी एनकेटिया र इमिली स्मीथ रोवेले समान एक-एक गाेल गरे । आर्सनलले पहिलो हाफमा तीन गाेल गरेकाे थियाे भने दोस्रो हाफमा एक गोल गरी एक गोल खायाे ।
खेल सुरू भएकाे १० औँ मिनेटमा लाकाजेटीले गाेल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसकाे ८ मिनेटपछि नै पाब्लो मारी एड्डी गाेल गर्दै आर्सनलकाे अग्रता दाेब्बर बनाए ।
४४ औँ मिनेटमा एनकेटियाले गाेल गर्दै आर्सनललाई ३-० काे अग्रता दिलाए । पहिलाे हाफमा ३ गाेल गरेकाे आर्सनलले दाेस्राे हाफमा पनि एक गाेल थप्याे । खेलकाे ४७ औँ मिनेटमा मितागवाले गाेल गर्दै एक गोल फर्काए । ६६ औँ मिनेटमा स्मीथ रोवेले गोल गरेपछि आर्सनलको ४-१ को जित निश्चित भएको हो ।
बिहीबार रातिको खेलमा आर्सनलको रंगशालामा सीमित दर्शकलाई आउन स्वीकृति दिइएको थियो । २७१ दिनपछि दर्शकले रंगशालामा बसेर खेल रहे । भौतिक दूरी कामय गरी मास्क लगाएका दर्शकले खेले हेरेका हुन् ।
लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।