युरो २०२० स्थगित गर्ने युइएफएको निर्णय
युरो २०२० फुटबल प्रतियोगिता स्थगित भएको छ।
कोरोनाभाइरसको संक्रमण युरोपभर फैलिरहेकाले युरोपिय फुटबल महासंघले युरो कप २०२१ सम्मका लागि स्थगित गरेको हो। युरो २०२० आगामी जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देशमा खेलाउने तय थियो।
युरो कप २०२० स्थगित गरेसँगै यो सिजन स्थगित युरोपका विभिन्न देशका लिग, युरोपा लिग र च्याम्पियन्स लिगका खेल सकिने विश्वास गरिएको छ।
लिगहरु प्रभावित भएको अवस्थामा युरोपियन फुटबलको तालिका नै अस्तव्यस्त हुने भएकाले युरो कप स्थगित गरिएको हो।