म्यानचेस्टर युनाइटेड
(काठमाडौं) म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबै गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए ।
खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १-० गोलको अग्रता दिलाएका थिए । खेलको ६१औं मिनेटमा बाटसुएयीले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरी दिलाए । तर राष्फोर्डले खेलको ७३औं मिनेटमा गोल गर्दै २-१ गोलको जित दिलाएका हुन् ।