धनगढीबाट ८ किलो चरेससहित दुई जना पक्राउ
सिरहा, १० असार – सिरहाको धनगढीमाई नगरपालिकामा लागुपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरले नियन्त्रणमा लिएको छ । प्रहरीले धनगढी १० श्यामपुरबाट चरेससहित दुई जनालाई पक्राउ गरेको हो । चेकजाचका क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।