कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनसहित विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ।