प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यस्तै, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्दैछ।