श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय नोटसहित एकजना भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित वीरगन्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको BR06AT 6445 नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा श्रोत नखुलेको अवैध भारतीय नोट सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला माेतिहारी पलानवा थाना वडा नम्बर १० बस्ने ५५ वर्षीय अशोक कुमार रहेका छन् । मोटरसाइकलको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा भारतीय नोट ५०० दरका ८९१ थान, २०० दरका १ थान र १०० दरका ४ थान गरी जम्मा ४ लाख ५० हजार फेला परेको हो । पक्राउ परेका अभियुक्तलाई मोटरसाइकल सहित थप अनुसन्धानको लागि हिरासतमा लिएका प्रहरीले जनाएको छ ।