उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा श्रीमान्को धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार करिब ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती विमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए। गम्भीर घाइते विमलाको नगर अस्पताल बेल्टारमा उपचारका क्रममा राति १ः१५ बजे मृत्यु भएको हो।
घटनापछि गन्दु राम आफैँ प्रहरी पोष्ट माडिबासमा पुगेर जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।