मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक पैदलयात्रीको मृत्यु
सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा एक साइकलयात्री घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार राति मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। सोही दुर्घटनामा साइकलयात्री मलङ्गवा–४ का ५९ वर्षीय महेश महतो घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।