वीरगंजबाट ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिक पक्राउ
पर्साको वीरगंज महानगरपालिका–१७ स्थित अलौबाट मंगलबार सशस्त्र प्रहरीले करिव ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने अन्दाजी २० वर्षिय संदिप चौधरीलाई चरेशसहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनले मोटरसाईकलको तेल ट्याङ्ककीभित्र फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको २१ वटा पोकामा रहेको उल्लेखित परिमाणको चरेश बरामद गरिएको हो ।
नियन्त्रणमा लिइएका उनलाई बरामद चरेश तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।