बाढीपछिको अवस्थाबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा बाढीपछिको खोज तथा उद्धार, प्रभावित क्षेत्रमा राहत वितरण, घाइतेको उपचार, सुरक्षा अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामबारे प्रधानमन्त्रीले विस्तृत जानकारी लिने र आवश्यक निर्देशन दिने बताइएको छ।