दुई महिनामा एक लाख ३० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा एक लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा श्रम स्वीकृति लिनेमा एक लाख १२ हजार ३१५ जना पुरुष र १८ हजार १६८ जना महिला छन्। साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष सोही अवधिको तुलनामा श्रम स्वीकृति लिनेको संख्या पाँच हजार ५९९ अर्थात् ४.११ प्रतिशतले घटेको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।